पथरी शनिश्चरे, असोज ३ नवौं संविधान दिवस २०८०

पथरी शनिश्चरे, असोज ३
नवौं संविधान दिवस २०८० को अवसरमा पथरी शनिश्चरे नगरपालिकाद्वारा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ । 
आज नगर प्रहरीको अगुवाईमा नयाँ झण्डा फहराउने कार्यक्रम भएको हो । सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा अध्यक्ष तथा प्रवक्ता नविन कार्की, वडा अध्यक्षहरु लोकनाथ न्यौपाने, उद्धवराज बस्नेत, भीम राई, बिजय लिम्बु र नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।