पथरी शनिश्चरे १९ फागुन
दोस्रो पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७८ सुरू भेको छ ।
इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको मुख्य प्रायोजन र पथरी शनिश्चरे नगरपालिका सहितको सहयोगमा संचालित प्रतियोगिताको नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले नगरलाई खेलकुदले चिनाएको जनाउँदै खेलकुदको विकासमा नगरपालिकाले सहयोगी गतिविधि गर्दै आएको बताउनु भयो ।
उद्घाटन खेलमा सुन्य को बिरुद्द एक गोल गरेर वडा नम्बर १ को सिखर एफसीले १० को वाइजीएफटीलाई पराजित गरेको थियो । इन्ट्रा फाउण्डेसनका गूड् विल एम्बासेडर तथा चर्चित नायक रमित ढुङ्गाना, जिल्ल फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा भूटानी शरणार्थी शिविरको १ र अन्य ७ गरि नगरका ८ टिमको सहभागिता रहेको छ ।