नगर प्रमुख तुम्वापोद्वारा ट्रफी अनावरण गरी अक्सनको उद्घाटन

नगर प्रमुख तुम्वापोद्वारा ट्रफी अनावरण गरी अक्सनको उद्घाटन

पथरी शनिश्चरे, असोज ७

पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल) चौथो संस्करणको क्रिकेट प्रतियोगिताको लागि शनिबार अक्सनमा नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले ट्रफी अनावरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

वडा नं. २ मा स्थापित सिनभिलेज पार्टी प्यालेसमा भएको अक्सनबाट ७ क्लबले खेलाडीहरु अनुवन्धन गरेका छन् । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने यस प्रतियोगिता पथरी रंगशालामा कार्तिक १० देखि कात्तिक २३ गते सम्म हुने क्रिकेट प्रतियोगिताको लागि शनिबार अक्सन मार्फत् सात वटै टिमले १ सय ३ जना खेलाडी अनुबन्ध गरेको हो । प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, बिरेन्द्र नगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सात वटा टिम यो सिजनमा भिड्दैछन् ।