ताजा समाचार
संक्षिप्त परिचय
पथरी शनिश्चरे नगरपालिका
मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका साविक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएर वि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका गठन भएको थियो। नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना
गर्ने क्रममा साविक हसन्दह गा.वि.स. लाई समेत मिलाएर मिति २०७३ फाल्गुन २७ गते हालको पथरी शनिश्चरे नगरपालिका स्थापना भएको हो। यस नगरपालिकामा राष्ट्रिय जनगणना, २०७८ अनुसार ३३,९८४ पुरुष र ३८,४६७ महिला गरी
जम्मा ७२,४५१ जनसंख्या बसोबास गरेको पाइन्छ।
भौगोलिक अवस्थिति
अक्षांशः दक्षिणमा २६.३६ र उत्तरमा २७.३९
देशान्तरः पश्चिममा ८७.३३ पूर्वमा ८७.९६
सिमाना
पूर्व - उर्लाबारी नगरपालिका
पश्चिम-कानेपोखरी गाउँपालिका
उत्तर- लेटाड नगरपालिका
दक्षिण -सुनवर्षी नगरपालिका
वडा संख्याः १०
क्षेत्रफल करिबः ७९.८१ बर्ग कि.मी.
यो नगरपालिका पूर्व-पश्चिम लोकमार्गको करिब ४ (चार) कि.मि. मा फैलिएको छ। पूर्बमा सुनझोडा खोला र बक्राहा खोला तथा पश्चिममा डाँस मोरङ्गी खोलाले छुट्याएको छ।
यस नगरपालिकाका बासिन्दाको मुख्य पेशा कृषि हो भने अन्यमा व्यापार, व्यवसाय, रोजगारी लगायत रहेको छ। यस नगरपालिकाभित्र बग्ने पथरीखोला मुख्य सिंचाईको श्रोत हो भने जाल्पा
भुल्के देवि मन्दिर क्षेत्रको आसपासमा प्रशस्त सिमसार क्षेत्र रहेको छ, जो पर्यटकीय दृष्टिकोणबाट अत्याधिक महत्वपूर्ण मानिन्छ। यस नगरपालिका क्षेत्र भित्र १ नगर अस्पताल, २ स्वास्थ्य चौकी,
७ आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन भने निजि स्तरबाट समेत अस्पताल/नर्सिङ्ग होम तथा स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा रहेका छन्। साथै यस नगरपालिका क्षेत्रमा एउटा सामुदायीक
पथरी बहुमुखी क्याम्पस रहेको छ साथै २७ वटा सामुदायिक विद्यालयहरु, एउटा धार्मिक विद्यालय, ४ वटा समुदायमा आधारित वालविकास केन्द्र, ४१ वटा संस्थागत विद्यालय र २ वटा
मन्टेश्वरी सञ्चालनमा रहेका छन्।