ताजा समाचार
नगरपालिकाको १५ औं नगरसभा सम्पन्न पथरी शनिश्चरे, असार १०
नगरपालिकाको १५ औं नगरसभा सम्पन्न
पथरी शनिश्चरे, असार १०
पथरी शनिश्चरे नगरपालिका नगर सभाको १५ औं अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ ।
नगरसभामा नगर उपप्रमुख देविमाया काफ्लेको अनुपस्थितिमा नगर प्रवक्ता नविन कार्कीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । कार्कीले कूल ८५ करोड ४१ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
नगरसभाका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरपालिकाले गर्दै आएका महत्वपूर्ण गतिविधि सहितको प्रश्नोत्तर कार्यक्रममा आफ्ना कुरा राख्नुभएको थियो । नगरसभाको अवसरमा विभिन्न समितिका संयोजकहरुले प्रतिवेदन पेश गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा भोलि पत्रकार सम्मेलन मार्फत् जानकारी दिइने नगर प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।